विश्वकप २०२२

मोरक्कोका हकिमीलाई एमबाप्पेले भने, ‘दुखी नहुनू तिमीप्रति सबैले गर्व गर्छन्’

इकागज | पुस १, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि मोरक्कोका खेलाडीहरु निराश देखिए । मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले अर्जेन्टिनाविरुद्धको फाइनल सुनिश्चित गर्‍यो ।

तर प्रतियोगिताको ‘जायन्ट किलर’ को रुपमा रहेको मोरक्कोले फ्रान्सलाई कडा टक्कर दिएको थियो । खेलपछि फ्रान्सका खेलाडीहरु खुसी साटासाट गरिरहेका देखिन्थे ।

सोही क्रममा फ्रान्सका स्टार फरवार्ड कायलियन एमबाप्पेले मोरक्कोका डिफेन्डर अचरफ हकिमीलाई अंगालो हाले । असल मित्रको रुपमा रहेका एमबाप्पे र हकिमीले एक-अर्कालाई अंगालो हालेपछि उनीहरुबीचको सम्मानलाई दर्शाएको अलजजिराले उल्लेख गरेको छ ।

यसैबीच, एमबाप्पेले सामाजिक सञ्जाल ट्विटरमार्फत हकिमीलाई दुखी नहुन अनुरोध गर्दै सबैजना उनीमाथि गर्व गरिरहेको बताए । एमबाप्पेले मोरक्कोले इतिहास कायम गरेको समेत उल्लेख गरे ।

विश्वकपको सेमिफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र हो ।

मेस्सी भन्छन्- जुलियन अल्भारेज 'अद्भुत' र 'असाधारण' खेलाडी हुन्

इकागज | पुस १, २०७९

काठमाडौँ- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फरवार्ड जुलियन अल्भारेजलाई अद्भुत तथा असाधारण खेलाडी भएको...

फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग हुने

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका ...

अन्तत: उपाधिबाट वञ्चित बने रोनाल्डो–मेस्सीको वर्चश्व 'ब्रेक' गर्ने मिडफिल्डर माेड्रिच

इकागज | मंसिर २८, २०७९

काठमाडौँ- फुटबल एउटा सुन्दर टिम ‘गेम’ हो । अर्थात् समूहमा तालमेल मिलाएर खेलिने खेल । तर ...

विश्वकप फुटबल : फाइनलमा स्थान बनाउन फ्रान्स र मोरक्को भिड्दै

इकागज | मंसिर २८, २०७९

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोब...

अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कालोनी भन्छन्- क्रोएसियाविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत क्रोएसियाव...