रीतिरिवाज

तमू ल्होसारमा सार्वजनिक बिदा दिन माग- मन्त्रीले भने, 'म पहल गर्छु'

इकागज | पुस १३, २०७८

चितवन- गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू संघद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् ।

संघका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए ।

भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उनको भनाइ थियो । मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक बिदाका लागि आफूले पहल गर्ने बताए । विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी) ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ । रासस

लिम्बू समुदायको समाधिस्थल संकटमा- अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

इकागज | पुस ५, २०७८

तेह्रथुम - नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ(आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्...

आज विवाह पञ्‍चमी : श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

इकागज | मंसिर २२, २०७८

काठमाडौँ - प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताक...

जनकपुरमा विवाह पञ्चमीको पूर्वसन्ध्यामा 'मटकोर' सम्पन्‍न

सुभाष कर्ण | मंसिर २१, २०७८

जनकपुरधाम- श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको पूर्वसन्ध्यामा मंगलबार मटकोर उत्सव सम्पन्न गरिएको छ । ज...

विवाह पञ्चमीको चौथो दिन : सम्धी मिलन गरेर मनाइयो तिलकोत्सव

सुभाष कर्ण | मंसिर २०, २०७८

जनकपुरधाम - श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साेमबार चौथो दिन तिलक...