विशेष रिपोर्ट

सिन्धुपाल्चोकका सबै स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै

दुर्गा आचार्य | असार १०, २०८१

काठमाडौँ- संघीयता देशमा लागू भएपछि अधिकार र सुशासन साथसाथै अनियमितता र भ्रष्टाचारहरू पनि गाउँ-गाउँ पुगे । दरबारहरू ठडिए, नव राजाहरू जन्मिए । तर जनताको जीवनस्तर कहिल्यै माथि उठ्न सकेन । जनताका दुख उस्तै रहे । नागरिकका दुख समेट्न स्थानीय तहहरू खडा गरिए । नेताहरु जन्मिए । तर जनताको दुख कोहीले सम्बोधन गर्न सकेनन् । 

जनताकै सेवाका लागि बनेका स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको छ । नवधनाढ्य र नवसामन्तहरुको पूनर्जन्म भएको छ । 

आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको प्रतिवेदनले धेरै कुराहरू बोलेको छ । भ्रष्टाचारहरू संघीयता जस्तै देशभर फैलिएको छ । स्थानीय तहहरूले गरेका अनियमितताको लामो सूची छ । अनियमितता र भ्रष्टाचारको चाङ पल्टाएर पल्टाउन नसकिने अवस्थामा छ ।

सिन्धुपाल्चोकका स्थानीय तहमा अनियमितता

महालेखा परीक्षकको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहमा ४६ करोड ६२ लाख ६ हजार २६२ रुपैयाँ ९ पैसा अनियमितता भएको छ । सबैभन्दा बढी बाह्रबिसे नगरपालिकामा २२ करोड २२ लाख २६ हजार १३८ र मेलम्ची नगरपालिकामा ५ करोड ४९ लाख ८० हजार ५७२ रुपैयाँ ९१ पैसा अनियमितता देखिएको छ ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तहहरू छन् । १२ स्थानीय तहमध्ये तीन नगरपालिका र नौ गाउँपालिका छन् । 

महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने जिल्लाका स्थानीय तह भ्रष्टाचारको अखडाका रुपमा परिचित छन् । अनियमितताको लामो नम्बरहरू छ । जसले सिन्धुपाल्चोकलाई थप बदनाम बनाइरहेको छ ।

महालेखापरीक्षकको प्रतिवेदन २०७९/८० मा बाह्रबिसे नगरपालिकामा प्रारम्भिक बेरूजु ३ करोड ११ लाख ५३ हजार ८ सय ८८ रुपैयाँ ७५ पैसा छ । नगरपालिकाले ६ लाख ४२ हजार १ सय २० रुपैयाँ ६५ पैसा असुल गर्नुपर्ने देखिन्छ । नगरपालिकाले विभिन्न शीर्षकमा २२ करोड २२ लाख २६ हजार १ सय ३८ रुपैयाँ अनियमितता गरेको छ । यस्तै २२ लाख २८ हजार ६ सय ३० रुपैयाँ नगरपालिकाले खर्च गरेको तर कागजपत्र नभएको प्रतिवेदनमा उल्लेख छ । यो नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसबाट जितेका बालकृष्ण बस्नेत नेतृत्वमा छन् ।

सुनकोसी गाउँपालिकाको बेरूजु २ करोड ८५ लाख ८४ हजार ४ सय ३८ रुपैयाँ देखिएको छ । सुनकोसीले ९२ लाख २५ हजार ९ सय ७० रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । १ करोड ८० लाख ७ हजार ६ सय २६ अनियमितता गरेको छ । त्यस्तै कागजात पेस नभएको ८६ लाख १६ हजार ९०३ रुपैयाँ बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो गाउँपालिकामा नेकपा एमालेका टपेन्द्र तिमल्सिना नेतृत्वमा छन् । 

भोटेकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ३ करोड ७२ लाख ८१ हजार ९ सय ५१ रुपैयाँ ५ पैसा देखिएको छ । गाउँपालिकाले ३१ लाख २ हजार १ सय ६८ रुपैयाँ पाँच पैसा असुल गर्नुपर्ने देखिन्छ । यस्तै पालिकाले ३ करोड ८४ लाख ८६ हजार ७ सय २८ रुपैयाँ अनियमितता गरेको छ । यस्तै कागजात पेस नभएका ५४ लाख ९७ हजार ३ सय ८४ रुपैयाँ प्रतिवेदनमा देखिएको छ । यो पालिकामा कांग्रेसका पासाङ नोर्बु शेर्पा अध्यक्ष रहेका छन् । 

त्रिपुरासुन्दरी गाउँपालिकाको महालेखापरीक्षको प्रतिवेदनमा १ करोड १८ लाख ४४ हजार १ सय ३३ रुपैयाँ बेरूजु देखिएको छ । पालिकाले असुल गर्नुपर्ने ९ लाख ४१ हजार १ सय २७ रुपैयाँ ६३ पैसा छ । यस्तै पालिकाले अनियमितता गरेको २ करोड ३ लाख ७४ हजार २ सय ८१ रुपैयाँ ९८ पैसा छ । यस्तै प्रमाणका रुपमा कागजात नदेखिएको बेरूजु १ करोड १२ लाख ६६ हजार १ सय ३४ रुपैयाँ छ । यहाँ काँग्रेसका भक्तध्वज बोहोरा प्रमुख छन् ।  

यस्तै बलेफि गाउँपालिकाको बेरूजु १ करोड ९ लाख ३५ हजार ४ सय ३५ रुपैयाँ २१ पैसा छ । पालिकाले असूल गर्नुपर्ने २७ लाख ७३ हजार ५ सय २५ रुपैयाँ ३ पैसा छ । अनियमितता गरेको ४ करोड २० लाख ४५ हजार २ सय २० रुपैयाँ छ । कागजात पेस नभएको ३१ लाख ३५ हजार १ सय ९० रुपैयाँ ५१ पैसा बेरूजु देखिएको छ । यहाँ नेकपा माओवादी केन्द्रका गंगा बहादुर तामाङ अध्यक्ष छन् । 

यता, चौतारा साँगाचोकगढी नगरपालिकाको बेरूजु ५ करोड २ लाख ६८ हजार १ सय ९० रुपैयाँ छ । असुल गर्नुपर्ने १३ लाख ४७ हजार २ सय ६६ रुपैयाँ छ । नगरपालिकाले अनियमितता गरेको ३ करोड २८ लाख ५४ हजार २ सय १७ रुपैयाँ छ । कागजात पेस नभएको १ करोड ३५ लाख ९८ हजार ३ सय ६५ बेरुजु रहेको छ । यो नगरपालिकामा माओवादी केन्द्रका कृष्ण प्रसाद सापकोटा मेयर छन् । 

यता, इन्द्रावती गाउँपालिकाको बेरूजु ६ करोड ८६ लाख ९४ हजार २ सय ७३ रुपैयाँ ७९ पैसा रहेको छ । पालिकाले असुल गर्नुपर्ने ५९ लाख ३० हजार ४ सय ९० रुपैयाँ ७९ पैसा छ । अनियमितता भएको २ करोड ७ लाख ३९ हजार ६ सय ७१ रुपैयाँ छ । यस्तै कागजात प्रमाण नपुगेर ४ करोड ३९ लाख १३ हजार १ सय ९७ रुपैयाँ बेरूजु देखिएको छ । याे गाउँपालिकामा झम्क नेपाल अध्यक्ष छन् ।

जुगल गाउँपालिकाको बेरूजु ६ करोड ४८ लाख ३८ हजार ८ रुपैयाँ छ । प्रतिवेदनअनुसार असुल गर्नुपर्ने ५ करोड २३ लाख ६ हजार ३ सय ६ रुपैयाँ देखिएको छ । पालिकामा ४ करोड ४ लाख ५९ हजार ९ सय १० रुपैयाँ अनियमितता भएको देखिएको छ । यस्तै कागजात नपुगेर १ करोड ९१ लाख ४१ हजार ७ सय ९२ रुपैयाँ बेरूजु देखिएको छ । यहाँ माओवादी केन्द्रका रेशम स्याङ्बो नेतृत्वमा छन् ।

यस्तै मेलम्ची नगरपालिकाको बेरूजु ६ करोड ७ लाख ६८ हजार ९ सय ५ रुपैयाँ ४४ पैसा देखिएको छ । असुल गर्नुपर्ने १ करोड २७ लाख ५३ हजार ५६ रुपैयाँ छ । अनियमितता भएको ५ करोड ४९ लाख ८० हजार ५ सय ७२ रुपैयाँ ९१ पैसा देखिएको छ । ४ करोड ७३ लाख ३४ हजार ३ सय ८१ रुपैयाँ ५४ पैसा कागजात नपुगेर बेरूजु देखिएको छ । यहाँ नेपाली कांग्रेसबाट निर्वाचित मेयर आइतमान तामाङ छन् । 

पाँचपोखरी थाङपाल गाउँपालिकामा २ करोड ७५ लाख ४१ हजार १ सय ९८ रुपैयाँ ९५ पैसा बेरूजु देखिएको छ । असुल गर्नुपर्ने १० लाख ६ हजार ९ सय ५ रुपैयाँ ९५ पैसा रहेको छ । पालिकामा १ करोड ३७ लाख ४ हजार ८ सय ३३ रुपैयाँ अनियमितता भएको छ । यस्तै कागजात नपुगेर १ करोड ५ लाख ५४ हजार ५ सय ६७ रुपैयाँ बेरूजु देखिएको छ । यहाँ नेकपा एमालेका टासी लामा अध्यक्ष छन् । 

लिसंखुपाखर गाउँपालिकामा १ करोड ७४ लाख ३३ हजार ५ सय ३४ रुपैयाँ बेरूजु देखिएको छ । पालिकाले असुल गर्नुपर्ने १८ लाख ५२ हजार ३ सय ८ रुपैयाँ ९ पैसा रहेको छ । १ करोड ४५ लाख ७९ हजार १ सय १ रुपैयाँ अनियमितता भएको छ । कागजात नपुगेर ३२ लाख ६३ हजार ८ सय ४७ रुपैयाँ ५ पैसा बेरूजुु देखिएको छ । यहाँ नेकपा माओवादी केन्द्रका राजु लामा अध्यक्ष छन् । 

यस्तै हेलम्बु गाउँपालिकामा ६ करोड ३१ लाख ७३ हजार ९ सय ८६ रुपैयाँ बेरूजु रहेको छ । पालिकाले असुल गर्नुपर्ने १५ लाख ६६ हजार ८१ रुपैयाँ रहेको छ । ४ करोड ८२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ अनियमितता देखिएको छ । कागजात नमिलेका कारण ७१ लाख २६ हजार ८ सय १ रुपैयाँ बेरूजु देखिएको छ । यहाँ काँग्रेसका निमा ग्याल्जेन शेर्पा अध्यक्ष छन् ।

के भन्छ महालेखापरीक्षाक कार्यालय ?
महालेखापरीक्षकका प्रवक्ता श्रीकुमार राई स्थानीय तहमा अनियमितता रहेको स्वीकार्छन् । केही स्थानीय तह शून्य बेरूजुमा रहेको उनले इकागजलाई जानकारी दिए । २०७५ सालदेखि स्थानीय तहहरूको लेखापरीक्षण महालेखापरीक्षक कार्यालयले गर्न थालेको उनले बताए ।

 ‘हामीले सुझाव दिने हो, कार्यान्वयन गर्ने जिम्मा स्वयं स्थानीय तहहरूकै हो,’ उनले भने, 'केही स्थानीय तहले धेरै राम्रो गरेपनि केहीको अवस्था निकै बिग्रेको छ ।'

काठमाडौँकै सडकमा अरूले दिएको बत्ती बल्दैन, सर्वसाधारण र ट्राफिक प्रहरी हैरानी

अतिन आचार्य | असार ३, २०८१

काठमाडौँ- दरबार मार्ग, जमल र कमलादीबाट एक तमासले आएका सार्वजनिक तथा निजी सवारीसाधनहरू रत्नपार्कतर्फ आफ्...

काठमाडौँका टयाक्सी यात्रुलाई वास्तै गर्दैनन्, मिटरको नाम सुन्‍नै चाहँदैनन्

अतिन आचार्य | बैशाख २०, २०८१

काठमाडौँ- बुधबार मध्यान्ह रामबहादुर तामाङ सुनधारास्थित धरहरा अगाडि पुगे । उनी पुग्नुपर्ने थियो डिल्लीबज...

देशलाई विश्वास नगर्नेको संख्या बढ्दै, चार वर्षमा डेढ लाख नेपालीले नागरिकता त्यागेर गए विदेश

अतिन आचार्य | पुस २९, २०८०

काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना...

किन भोटका लागि फालिँदैछ विमानस्थल तुरुप ? बन्द छन् साढे १० अर्बमा बनेका २१ विमानस्थल

अतिन आचार्य | मंसिर २५, २०८०

काठमाडौँ- गत बिहीबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित नेपाल नागरिक उड्डयन प्राध...

अघिल्लाे वर्षभन्दा घातक बन्दै डेंगी, देशैभर प्रकाेप

काठमाडौँ– सामान्य स्वास्थ्य अवस्थामा रहेका उनलाई असारको पहिलो साता एक्कासि ज्वरो आयो । उनले ज्वरोला...

लम्पी स्किन : संकटतिर पशुपालन, कुल बजेटको ७.२ प्रतिशत क्षति हुनसक्ने

काठमाडौँ– पशु चौपायामा लाग्ने लम्पी स्किन रोग अहिले देशभर महामारीका रुपमा फैलिँदो छ । ७१ जिल्ला...