समाज

पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

इकागज | जेठ ३, २०८१
काठमाडौँ- पोखराबाट तमघास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । सडकबाट १५० मिटर तल बस खसेको हो । उनका अनुसार बस भर्खरै दुर्घटनामा परेकाले के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन । हाल दुर्घटनास्थलमा प्रहरीहरू गएकाले थप विवरण आउन लागेको उनले बताए । ...