राजनीति

बनेपाकी उपमेयरले कर्मचारीको बिदाइ पत्र च्यातिदिएपछि...

इकागज | साउन २४, २०७९
बनेपा । बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटा दाहालले नगरपालिकामा आफ्नो पार्टीको बहुमत रहेकाले मेयरको मनोमानी नचल्ने भन्दै पत्रसमेत च्यातेकी छन् । कार्यपालिकामा एमालेको बहुमत रहेकाले करारका कर्मचारी राख्ने र हटाउनेमा मेयरको बोलवाला नचल्ने भन्दै उनले करारका कर्मचारी हटाएको पत्र च्यातेकी हुन् । बनेपाका मेयर शान्तिरत्न शाक्य कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर विमला एमालेबाट निर्वाचित भएकी हुन् । अघिल्लो स्थानीय...