जीवनशैली

स्थलगत रिपोर्ट:

राउटे समुदायको पेशा संकटमा, चिसोले ज्यान जोखिममा

जितेन्द्र थापा | मंसिर २०, २०७८

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब तीन घण्टाको यात्रा । सडक नजिकै भेरीको किनार छेउमा राउटे बस्ती । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय एकसरो कपडामा थिए । नदी किनारको छेउ यसै पनि उनीहरू जाडोले कापिरहेका थिए ।

लोपोउन्मुख जाती राउटे समुदाय आफ्नै कर्ममा व्यस्त थिए । पहिले खुलेर बोल्ने राउटे बीचमा मिडियाबाट आतंकित पनि भए । कोही काठका भाँडाकुडा बनाउँदै त कोही घरको झाप्रो बनाउन काठहरू बोक्न कस्सिएका थिए । कोही आफूले बनाएका काठका भाँडाकुडा पिठयुँमा बोकेर गाउँतिर जाने तर्खरमा थिए ।

नदीको छेउ आफैँमा सुन्दर थियो । नदीको छेउँछाऊँमा गाइगोरु र गोठालाहरू आफ्नै धुनमा उनीहरू पनि व्यस्त देखन्थे । कलकल बग्ने भेरी र त्यसको छेउमै सुन्दर सुर्खेतको सिम्ता गाउँपालिका–४ कालिकोखोला । बिहान र साँझ मुटु काप्ने जाडो त्यहीमाथि नदीको किनार । उनीहरूको बस्ने झाप्रोभित्र यत्रतत्र छरिएका लुगा–कपडा भाडाकुँडा छरिएर रहेका थिए । 

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय कर्णाली र सुदुरपश्चिम प्रदेशका आसपासका जंगलमा फिरन्ते जीवन बिताउने लोपउन्मुख जातीमा पर्छन् । उक्त समुदायको आफ्नै मान्यताहरू छन् । समयको घडीसँगै उनीहरूका पनि आनीबानी परिर्वतन हुँदै गएको छ । तर पनि स्वास्थ्यका विषयमा आनीबानी परिर्वतन हुन सकेको छैन । जसले गर्दा उनीहरू दीर्घ रोगको सिकार भइरहेका छन् । 

प्रायःजसो मानिसहरू स्वस्थ रहनुपर्छ, यसरी हात धुनुपर्छ, उसरी धुनुपर्छ भनी सहरका ठूलठूला होटेलमा तालिम गोष्ठीको आयोजना गरिरहेका हुन्छन्, जहाँ हात धुन सबैलाइ आउँछ । स्वस्थ रहनुपर्छ भन्ने सबैलाई थाह छ । त्यस्तै ठाउँमा विभिन्न संघसंस्थादेखि राज्यले लाखौँ खर्च गर्छ । तर, जो समाजबाट पिछडिएका र अनि आनीबानी परिर्वतनका लागि राउटे बस्तीमा न त कुनै संस्थाले नै तालिमको आयोजना गरेको छ । न त सरकारले नै । 

राउटेको पहुँचमा कुनै कार्यक्रम नरहेको लोपोउन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का भनाई छ । ‘सहरका ठूलठूला होटेलमा हातमुख धुन जान्नेलाई नै लाखौँ खर्च गरिन्छ किन ?’ उनी भन्छन्, ‘साँच्चिकै तालिम गर्नु नै छ भने त्यस्ता ठाउँमा गर्नु जहाँ सरसफाईमा ध्यान पुगेको छैन ।’  पहिले जंगलमा गिठा भ्याकुर, गुना बाँदरको मासु खाने राउटे परिर्वतन हुँदै खसी बाख्रा, कुखुराको मासु खान्छन् । पहिले पहिले पैसा छोए पाप लाग्छ भन्ने यो जाती आफैँ पैसा माग्छन । 

राउटेले जे बोल्यो त्यही लिएरै छाड्छ भन्ने अन्य समुदायका मानिसहरूमा विश्वास थियो । उनीहरूका अधिकांश आनीबानी परिर्वतन भए पनि सरसफाईमा भने परिर्वतन हुन सकेको छैन । जसले गर्दा उनीहरू दिर्घ रोगका सिकार भइरहेका छन् । प्रदेश सरकारले राउटेका लागि भनेर वार्षिक पाँच करोड छुट्याए पनि प्रभावकारी नभएको अध्यक्ष सत्यदेवी खड्का बताउँछिन् । राउटेलाई साच्चिकै मन देखि परिर्वतन गर्छु भनेर लाग्नेलाई होइन’ उनले भनिन्, ‘राउटे बस्तिमा पुगेर फोटो खिचेर पर्किने र टिका लगाइ जानेलाइ मात्र जिम्मा दिने गरेको छ । जस्ले गर्दा राउटे समुदाय संकटमा पर्नुको प्रमुख कारण हो ।’

पेशा संकटमा, ज्यान जोखिममा
पुर्खौ पुर्खादेखि गर्दै आएको राउटेको सीपसँगै उनीहरूको पेशा पछिल्लो समय संकटमा पर्दै गएको छ । समाज आधुनिकतातर्फ लम्किएसँगै र प्लाष्टिकका भाँडाकुडाको प्रयोग बढ्न थालेपछि उनीहरूको पेशा पनि संकटमा पर्दै गएको छ । आफूले सामान बनाएर गाउँमा गएपनि पहिलेजस्तै सामान नराख्ने गरेको राउटेका मुखिया दिलबहादुर शाही बताउँछन् । ‘पहिले गाउँमा पुग्ने बित्तिकै राखिहाल्थे अन्न पनि भनेजति दिन्थे’ उनले भने, ‘तर, प्रायले लिनै छोडे, बजारमा प्लाष्टिकको भाडा आएपछि ।’

समाजको मूलप्रवाहीकरणमा ल्याउने प्रयासहरू भइरहेपनि घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो विभेदको खाडल यहाँ छैन । राउटे मुलुकको कानुन जान्दैनन् । झैँ–झगडा र मुद्दा–मामिला गर्दैनन् । शान्त र अनुशासित देखिने उनीहरूका आफ्नै परम्परा र चालचलन छन । राउटे समुदायको उत्थानका लागि क्रियाशील अभियन्ताहरूका अनुसार, सानो ठूलो, धनी–गरिब र महिला–पुरुषबीच गरिने विभेद यो बस्तीमा भेटिँदैन । एउटा बाँदर गुना मारे पनि मिलेर बाँडेर खान्छन् । 

राउटे समुदाय आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएका छन् । ‘यहाँ लैङ्गिक हिंसा र एक–अर्काबीच विभेद छैन  । अहिलेको समयमा महिला–पुरुष यसरी मिलेर बसेको समाज कमै देख्न पाइन्छ ।’

मनबीर कल्याल ठकुरी राउटे समुदायका ७० वर्र्षीय ज्येष्ठ नागरिक हुन् । उनले पनि आफूहरूको समुदायमा महिला र केटाकेटीलाई विभेद गर्ने चलन नरहेको जनाए । ‘सबैलाई माया गर्नुपर्छ । झगडा गरेर काम उनको बुझाइ छ ।’  अव्यवस्थित र जोखिमपूर्ण बसोबास भए पनि आपसी सम्मान र संरक्षण राउटे कुटीभित्र छ । अरु समुदायजस्तो घरेलु हिंसाबाट राउटे महिला प्रताडित छैनन् । बरु गैरराउटे समुदाय अनेक खालका हिंसा र विभेदको सिकार हुँदै आएका छन् ।

राउटेहरूबाट नैतिकता एकता धर्म भन्ने केहो भन्ने कुरा हामी सक्षम मानिसहरूले सिक्न आवश्यक रहेको अध्यक्ष खड्का बताउँछिन् । हामी असली मानिसहरू र राउटे जंगली भन्न कहलाउने मानिसले उनीहरूबाट थुप्रै कुरा सिक्न आवश्यक छ उनले भनिन् । 

पहिले पैसा छोए पाप लाग्छ भनेर अन्नसँग आफूले निर्माण गरेको सामान साटने गर्थे । अब उत्पादित सामाग्री पैसामा बेच्न थालेका छन् । पहिले महिलाले माघे–संक्रान्ति र पुरुषले साउने संक्रान्तिमा नुहाउने चलन थियो । अब प्रायः त्यो चलनमा छैनन् ।

उनीहरु आफू राजा भएको जिकीरसहित दीसा समेत उभिएर गर्थे । ‘पहिले हामी राजा हौँ हामी झुक्दैनौँ भनी उभिएरै दिसा गर्ने चलन थियो,’ सत्यदेवी खड्का भन्छिन् ‘तर अब बसेर दिसा–पिसाब गर्ने भएका छन् ।’

राउटे परिवारमा जन्मेको १२ वर्षसम्म न्वारन गर्ने चलन थिएन । १२ वर्षपछि मात्र नाम राख्ने चलन थियो । तर,् अब जन्मिने बित्तिकै नाम राख्छन् । पहिले पहिले राउटे समुदायका महिलाले बाहिरका अन्य समुदायका पुरुषसँग सिधा नजरले हेरेमा वा बोलेमा उसकै श्रीमती भइन्छ भन्ने विश्वास थियो । उनीहरूको आनीबानी परिर्वतन भएसँगै सबैसँग बोल्ने गर्छन् । 

कलम छोए देउता लाग्छन् !
परापूर्वकालमा राउटे समुदायमा पढाइ के हो ? पढ्ने के हो भन्ने सुइँको समेत थाह थिएन । उल्टै उनीहरू कलम छोए पाप लाग्छ । देउता रिसाउँछन् भन्ने अन्धविश्वासमा थिए । तर, केही समय यता राउटेहरू पढाईसम्बन्धी जानकार भएका छन् ।

पहिले कलम समात्न नसक्ने राउटे समुदायका बालबालिका नाम लेख्ने भएका छन् । आफूहरूको रुचि भएको तर, पढ्ने लेख्ने वातावरण नभएको राउटे समुदायकी गाजलु शाही बताउँछिन् । ‘पढ्न मन लाग्छ ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘पढ्न लेख्न मन त लाग्थ्यो तर, के गर्नु ? कसरी पढ्नु ?’

यता राउटे लोपोउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवि खड्का राउटेमा पढ्ने इच्छा भएता पनि उनीहरूलाई पढ्न सक्ने वातावरण नै राज्यले नमिलाएको बताउँछिन् । ‘पहिले कलम नसमात्ने राउटे कलम समात्ने भएका छन् । तर, उनीहरूका लागि पढ्ने वातावरण नै छैन ।’

राउटेहरूको संरक्षण र उनीहरूको सिपको संरक्षणका लागि समय परिर्वतनसँगै उनीहरूलाई पनि परर्वतन गर्नुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाले बताए । ‘बजारमा प्लाष्टिकका भाँडाकुडाको प्रयोगले राउटे समुदायको पेशा संकटमा छ,’ उनले भने, ‘उनीहरूको सिप संरक्षण गर्न उनीहरूलाई सरकारले आधुनिक सामानको बन्दोबस्त गर्नुपर्छ ।’

लैङ्गिक विभेद कमै भए पनि असुरक्षित जीवनशैलीले राउटे महिलाहरूको स्वास्थ्य भने निकै जोखिममा छ । ४१ घरधुरीमा एक सय ४९ को संख्यामा रहेका समुदायमा पुरुषभन्दा महिला धेरै छन् । पछिल्लो तथ्याङ्कअनुसार राउटे बस्तीमा ८१ महिला र ६८ पुरुष छन ।

आधुनिक उपचार पद्धति, कृषि र पशुपालनदेखि टाढै रहने यो जाती पछिल्लो समय बाख्रा–कुखुरा घरमै पाल्न थालेका छन् । सरकारले उपलब्ध गराउने मासिक भत्ताका भरमा उनीहरूको जीवनयापन चल्दै आएको छ । केही वर्ष पहिलेसम्म काठबाट बनाइएका हस्तकलाका सामग्रीसँग अन्न साटेर गुजारा चलाउने उनीहरू आफ्नो परम्परागत कमैले मात्र गर्ने गर्छन्  । जसका कारण यो समुदाय संकटमा पर्दै गएको छ  । 

राउटे समुदाय गैरसमुदायसँगको घुलमिल बढेसँगै राउटेहरूले परम्परागत पेसामा ध्यान दिन छोडेका छन् । कुनै बेला रूपैयाँ छोए पाप लाग्छ भन्ने समुदाय अरुसँग पैसा मागेरै गुजारा चलाउने । जाँड–रक्सीकोे लतमा फसेका छन् । यसले उनीहरूको स्वास्थ्यसँगै परम्परागत पेसा र मूल्य–मान्यताहरू भत्किदै गएका छन् ।

खाद्यान्न र लत्ताकपडाको अभाव
चिसो मौसममा नदी किनारमा बसिरहेका राउटे बस्तीमा यतिबेला खाद्यन्न र लत्ता कपडाको अभाव छ । न्यानो कपडा र खाद्यान्न नहुँदा समुदायका ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई समस्या भइरहेको मुखिया शाहीले बताए । ‘केही दिनअघि संस्थाहरूले दिएको चामल पनि सकियो,’ उनले भने, ‘अब के खाने भन्ने चिन्ता छ ।’
फिरन्ते जीवन बिताउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन । राउटे मुखिया मानबहादुर शाही दिनभर छाप्रामै बस्छन् । शाही रोगले थलिएका छन् । ‘खानाका लागि चामल छैन । कतै गएर मागेर ल्याउन पनि सकिँदैन,’ उनले भने, ‘भत्ता नपाएको पनि तीन महिना भयो ।’

अपांगता भएका व्यक्ति भन्छन्- समाजमा बाँच्नै समस्या छ

इकागज | मंसिर १७, २०७८

डडेल्धुरा । शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइएको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता...