घटना-दुर्घटना

मकवानपुरगढीमा अटो दुर्घटना हुँदा ७ जना घाइते

इकागज | कात्तिक ९, २०८०

मकवानपुर- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बुधबार मकवानपुरगढी-७ दुम्सीडाँडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाँडाबाट हेटौडातर्फ आउँदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अटो दुर्घटनामा मकवानपुरगढी ७ सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, निजको २ महिनाकी छोरी जानुका जिम्बा, सुकौरा निवासी २९ वर्षीय कृष्ण बहादुर योन्जन र निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीया दिल माया योन्जन, २२ वर्षीया हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाकी छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।

गोली हानी आत्महत्या

इकागज | कात्तिक ८, २०८०

इनरुवा- सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्म...