हलिउड/बलिउड

साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

इकागज | पुस १३, २०७८

मुम्बई - यही शुक्रबार रिलिज हुन लागेको ‘जर्सी’ ओम्रिकोनको कारण देखाउँदै रोकिएको छ । फिल्म ३१ डिसेम्बरमा रिलिज हुन लागेको थियो । 
दक्षिण भारतीय फिल्मको रिमेकमा साहिद कपुर र मुर्नाल ठाकुरको मुख्य भूमिका रहेको थियो ।

यो फिल्म नेपालमा समेत रिलिज हुन तयार थियो । मल्टिप्लेक्सले यो फिल्मलाई ‘कमिङ सुन’को सूचिमा राखेका थिए । यो फिल्मलाई एबी इन्टरनेसनलले नेपालको वितरण अधिकार लिएको थियो । 

भारतमा ओम्रिकोन बढेको बन्दै महाराष्ट्रमा रात्रिकालीन निषेधाज्ञा सुरु भएको थियो । यसैका कारण अघिल्लो हप्ता रिलिज भएको ‘८३’को व्यापारमा पनि असर गरेको व्यापार विश्लेषकको अनुमान थियो । निर्माताले परिस्थिति हेरेर चाँडै नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् । 

‘सूर्यवंशी’को व्यापारसँगै हौसिएका भारतीय निर्माताले सन् २०२२को अन्तिमसम्मका लागि प्रदर्शन मिति तोकेका थिए । तर ओम्रिकोनले फेरि यो क्यालेन्डर प्रभावित हुने देखिएको छ । ‘जर्सी’को प्रदर्शन रोकिँदा अर्को हप्ता रिलिज हुन ठिक्क परेको ‘आरआरआर’ले के गर्ला भन्ने चासो बढाएको छ । ठूलो बजेटको यो फिल्मको अहिले धुमधामसँग प्रचारप्रसार चलिरहेको थियो ।