जात्रा-पर्व

हाँडीगाउँ जात्रा सम्पन्न

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौँमा हाँडीगाउँको जात्रा मनाइएको हो ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ । यस वर्ष पनि जात्रालाई निरन्तरता दिने क्रममा उल्लासमय वातावरणमा त्‍यहाँका युवाहरूले खटमा चढेर जात्रा मनाएका छन् ।

हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।  अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । खटको गजुर उल्ट्याइ देवतालाई माथि राख्ने ,मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाई नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।

सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइयाे कोजाग्रत पूर्णिमा

इकागज | कात्तिक ११, २०८०

काठमाडौँ- आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना ग...