कलैयामा नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

इकागज | भदौ १३, २०८०

कलैया - घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ । 

आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार सात सय ३० राजस्व संकलन भएको  कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । 

गत आर्थिक वर्ष  साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी  जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन् । ती  उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ ।

हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८÷७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।
रासस

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

इकागज | साउन २६, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शु...

क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयो : अध्यक्ष न्यौपाने

इकागज | साउन २, २०८०

काठमाडाैँ– नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्य...

आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्छ : अध्यक्ष ढकाल

इकागज | असार २१, २०८०

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नका ...