ऊर्जा खपतमा १४ प्रतिशतको वृद्धि तर पिक डिमाण्डमा १२ प्रतिशतको कमी किन ?

ई. रामेश्वर यादव | कात्तिक १, २०८०

नेपाल विद्युत् प्राधिकरणको लागि आ.व. सन् २०१५/१६ देखि आ.व. सन् २०१८/१९ सम्मलाई ऐतिहासिक दुर्लभ क्षणको रुपमा लिन सकिन्छ । ऊर्जा क्षेत्रमा यस्ता घटनाहरू बिरलै पाइन्छ । उक्त समयमा घटित घटनाहरूबाट स्वदेशी मात्रै छैन विदेशी विशेषज्ञ पनि चकित छन् । कुनै पनि विद्युत् संस्थाले आउने वर्षमा ऊर्जा खपतमा वृद्धि र डिमाण्ड कम हुन्छ भनेर प्रक्षेपण गरेको हुँदैन । ऊर्जा खपतमा वृद्धि र डिमाण्डमा कमी हुने अनुमान प्रक्षेपणकर्ताले कहिल्यै पनि गरेको देखिँदैन । प्राधिकरणले पनि वर्षाैंदेखि ऊर्जा खपत र डिमाण्डमा वृद्धिको प्रक्षेपण गर्दै आएकोमा आर्थिक वर्ष सन् २०१८/१९ मा ऊर्जा खपतमा वृद्धि र डिमाण्डमा कमी आउँछ भनी प्रक्षेपण गरेको थिएन । प्राधिकरणले ‘ए इयर इन रिभ्यू’ मा सार्वजनिक गरेका विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा वास्तविक तथ्यहरूको रोमाञ्चक अवस्थाहरूको सिर्जना हुन जान्छ । उक्त वर्षहरूमा निम्न अवस्था सिर्जना भएका थिए ।

१) मध्यकालीन ऊर्जा योजनाअनुसार अरुण तेस्रो (४०२ मेगावाट) रद्द भएपछि नेपाल सरकारले निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न आव्हान गर्यो । ‘पश्चिमबाट सूर्य उदाउने महाकाली सन्धि’ पनि भयो । प्राधिकरण र निजी क्षेत्रले जतिसुकै प्रयास गरे पनि मागअनुसार आपूर्ति हुन सकिरहेको थिएन । यसले गर्दा जनतालाई १२ घण्टा र त्योभन्दा बढी भीषण लोडसेडिङ सामना गर्नुपर्यो । आर्थिक वर्ष सन् २०१५/१६ मा दैनिक १२ घण्टासम्मको लोडसेडिङ थियो । सीमापार अन्तर्देशीय प्रसारण लाइनहरूको निर्माण एवं विद्युत् आयात तथा आन्तरिक विद्युत् उत्पादन वृद्धिले गर्दा आर्थिक वर्ष सन् २०१६/१७ मा काठमाडौं उपत्यकालगायत पोखरा क्षेत्र एवं आर्थिक वर्ष सन् २०१७/१८ को अन्त्यमा नेपाल लोडसेडिङमुक्त भयो । 

२) प्राधिकरणको स्थापनाकाल आर्थिक वर्ष सन् १९८५/८६ मा विद्युत् चुहावट २९.४० प्रतिशत थियो । आर्थिक वर्ष स्न २०००/०१ सम्ममा ५.२४ प्रतिशत घटेर २४ प्रतिशत कायम भयो । यो चुहावट आव सन् २०१५/१६ मा बढेर २५.७८ प्रतिशत कायम भयो । यो १५ वर्षको अवधिमा विद्युत् चुहावट १.८ प्रतिशतले वृद्धि भयो । तर आर्थिक वर्ष २०१८/१९ मा चमत्कारिक रूपले १०.४६ प्रतिशत तल झरेर १५.३२ प्रतिशत कायम भयो ।

३) प्राधिकरणले खिम्ती र माथिल्लो भोटेकोसीहरूसँग डलरमा बिजुली खरिद गरेर एवं मल्टिफ्यूलहरूबाट उत्पादित बिजुली महँगो भए पनि विद्युत् उपलब्ध गराउँदा आर्थिक वर्ष २०१५/१६ सम्म ३७ अर्ब रुपैयाँभन्दा बढी सञ्चित घाटा भएको थियो । आर्थिक वर्ष सन् २०१६/१७ देखि उक्त सञ्चित घाटा आफ्नो आयमा समाजोजन गरी अर्बाैंको नाफा गर्दा स्वर्णिम युगमा प्रवेश गरेको छ ।

४) प्राधिकरणले स्थापनाकालदेखि नै ऊर्जा खपत र पिक डिमाण्डको पूर्वानुमान गर्दै आएको थियो । पिक डिमाण्ड ऋणात्मक अवस्थामा जानेबारे कहिल्यै पनि पूर्वानुमान गरेको थिएन । भविष्यमा पिक डिमाण्डमा ऋणात्मक वृद्धि हुनु सोचभन्दा बाहिरको कुरा हो । तर यस्तो भयो । ऊर्जा खपत वृद्धिमा आर्थिक वर्ष सन् २०१५/१६ देखि विगतभन्दा पर्याप्त धनात्मक वृद्धि भए पनि आर्थिक वर्ष सन् २०१८/१९ मा अप्रत्याशित रूपले पिक डिमाण्डमा ऋणात्मक वृद्धि भयो ।

आ.व. सन् २०१५/१६ सम्म अत्यधिक लोडसेडिङ्गको अवस्था थियो भने आ.व. सन् २०१६/१७ मा काठमाडौं उपत्यकालगायत पोखरा क्षेत्र लोडसेडिङ्गबाट मुक्त भएको थियो । आ.व. सन् २०१७/१८ को अन्तमा नेपाल लोडसेडिङमुक्त देश बनेको थियो । विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३ अन्तर्गतको विश्लेषणहरूबाट “विद्युत् चुहावट प्रतिशत ∝ लोडसेडिङ समय” सूत्र स्थापित भएको थियो । जसरी जसरी लोडसेडिङ बढ्दै जन्छ ग्राहकहरू आफ्नो घरेलु उपकरण लोडसेडिङको बेलामा उपलब्ध विद्युतको स्लटमा एकै पटक प्रयोग गर्दै जाँदा र इन्भर्टरको लोड थप्दै जाँदा P(loss) = I2R मा वृद्धि हुँदै जान्छ र जसरी-जसरी लोडसेडिङ घट्दै जान्छ ग्राहकहरूको घरेलु उपकरणहरूको लोड सिफ्ट हुँदै जान्छ र इन्भर्टर लोड घट्दै जाँदा P(loss) = I2R मा कमी आउँछ । P(loss) = I2R को घटी–बढीले विद्युत् चुहावट प्रतिशतमा घटी–बढी भइरहेको हुन्छ ।

यसरी लोडसेडिङमा वृद्धि हुँदा पिक लोडमा पनि वृद्धि हुन्छ, तर त्यसको लगतै लोडसेडिङ घट्दा एकाएक सबै लोड सिफ्ट हुँदा पिक लोडमा कमी भई पिक डिमाण्डमा पनि कमी आउँछ । तर यो अवस्था सदैव रहँदैन । ‘पिक डिमाण्ड’ (अत्यधिक माग) एकपटक घटिसकेपछि पुनः वार्षिक रूपले हुनु पर्ने वृद्धि (ग्रोथ) अनुसार बढ्न थाल्छ ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरणको आ.व. सन् २०१२/१३ देखि आ.व. सन् २०१९/२० सम्मको प्राधिकरणको ‘ए इयर इन रिभ्यू’ हरूको निम्न तथ्यांकबाट विवेचना गर्नु उचित हुन्छ ।

कुनै पनि औद्योगिक ग्राहकले आ.व. सन् २०१६/१७ देखि पिक समयमा उद्योग चलाएको छैन भनी नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको थियो । जबकि आ.व. सन् २०१५/१६ को औद्योगिक ग्राहकहरूको विद्युत् खपत भन्दा आ.व. सन् २०१८/१९ मा सय प्रतिशतको वृद्धि देखिन्छ । अर्थात् पिक लोडमा उद्योग नचलाएको कारण औद्योगिक खपतमा सय प्रतिशतले वृद्धि भए पनि पिक लोड वा डिमाण्डमा कुनै भूमिका छैन भन्ने स्पष्ट हुन्छ ।

अन्य ग्राहकहरूको पनि उक्त समय विद्युत् खपतमा सय प्रतिशतको वृद्धि भएको छ । पिक लोडमा पनि अन्य ग्राहकहरूले विद्युत् खपत् गर्ने भएकोले यसको भूमिका रहने नै भयो । उक्त समयमा गार्हस्थ्य ग्राहकहरूको संख्या वार्षिक करिब ३ लाखको दरले वृद्धि भएको छ । गार्हस्थ्य ग्राहकहरूको विद्युत् खपत आ.व. सन् २०१५/१६ भन्दा आ.व. सन् २०१८/१९ मा ९०० गिगावाट घण्टा (९ करोड युनिट) को वृद्धि भएको छ । लोडसेडिङ आ.व. सन् २०१६/१७ देखि घट्दै आ.व. सन् २०१७/१८ को अन्तमा नेपाल लोडसेडिङमुक्त भएको छ । यसले गर्दा आ.व. सन् २०१८/१९ को शुरुदेखि नै लोडसेडिङमुक्त रहेको अवस्थामा P(loss) = I2R मा भारी गिरावट भएको छ । यसको पुष्टि निम्न तालिका– २ बाट पनि स्पष्ट हुन्छ ।

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३ मा उक्त तथ्याङ्कको विश्लेषण गरिएको छ । अप्रत्यासित रूपले आ.व. सन् २०१८/१९ मा विद्युत् प्रणालीमा P(loss) = I2R घटेकोले प्राविधिक विद्युत् चुहावट घटेको छ । अर्थात् करेन्ट प्रवाह घटको हो । विद्युत् प्रणालीमा करेन्ट प्रवाह घट्ने बित्तिकै डिमाण्ड घट्नु स्वाभाविक हो ।

पिक डिमाण्ड घटेका विषय वस्तुबारे निम्न तालिका–३ का तथ्यांहरूलाई पनि विश्लेषण गर्नु उपयुक्त देखिन्छ ।

पिक डिमाण्डको ग्रोथ (वृद्धि) विगत वर्षहरूमा ७–८ प्रतिशतले हुँदा आ.व. सन् २०१६/१७ मा ४.२६ प्रतिशत, आ.व. सन् २०१७/१८ मा ४.४३ प्रतिशतको मात्र वृद्धि  हुँदै आ.व. सन् २०१८/१९ मा (१२.४७) प्रतिशत ऋणात्मक वृद्धि भएको छ ।

जबकि आर्थिक वर्ष सन् २०१६/१७, १७/१८, १८/१९ को  विद्युत् बिक्रीमा क्रमशः २८.४४, १६.३९ र १३.९९ प्रतिशतको वृद्धि भएको थियो । यसरी विद्युत् बिक्रीमा अप्रत्यासित वृद्धि भए पनि पिक डिमाण्डमा कमी आएको थियो ।

आ.व. सन् २०१६/१७ मा काठमाडौं उपत्यकालगायत पोखरा क्षेत्रको लोडसेडिङ हट्दा ग्राहकहरूको घरेलु उपकरणको लोड सिफ्ट भएको थियो । इन्भर्टर लोड यस क्षेत्रबाट पूरै हटेको थियो । यसकारण पिक डिमाण्डको प्राकृतिक वृद्धिमा कमी आई ४.२६ प्रतिशत मात्रले वृद्धि भएको छ ।

आ.व. सन् २०१७/१८ को अन्तमा देशमा पूरै लोडसेडिङ अन्त भयो । देशभरिका ग्राहकहरूको घरेलु उपकरणको लोड सिफ्ट भएको छ । आ.व. को अन्तमा इन्भर्टरको लोड पनि घटेको छ । पिक डिमाण्डको प्राकृतिक वृद्धिभन्दा कम ४.४३ प्रतिशत मात्रको वृद्धि भएको छ ।

आ.व. सन् २०१८/१९ मा शुरुदेखि अन्तसम्म विद्युत् प्रणालीमा कहीं कतै लोडसेडिङको अवस्था थिएन । ग्राहकहरूको पूरै लोड सिफ्ट भएको थियो । इन्भर्टर लोड कहीं कतै थिएन । यी कारणहरूले गर्दा विद्युत् प्रणालीमा I2R को वृहत् कमी भयो र पिक डिमाण्ड ग्रोथ अप्रत्याशित रूपले (१२.४७) प्रतिशतको ऋणात्मकमा वृद्धि भयो ।

विद्युत् प्रणालीमा लोडसेडिङ घट्दै जाँदा लोडसेडिङ देशबाट पूरै हटेसम्म I2R को कमीमा ऋणात्मक वृद्धि हुँदै गयो । त्यसै कारण लोडसेडिङ घट्ने क्रम आ.व. सन् २०१६/१७ हुँदै आर्थिक वर्ष सन् २०१७/१८ र पूरा अन्त भएको थियो । आर्थिक वर्ष सन् २०१६/१७, २०१७/१८ र २०१८/१९ मा  विद्युत् चुहावट क्रमशः (११.१७), (१०.६९) र (२५.२८) प्रतिशतको ऋणात्मक वृद्धिले विद्युत् प्रणालीमा प्रर्याप्त मात्रामा I2R को ऋणात्मक वृद्धिको पुष्टि गर्दछ । यसले सँगसँगै आर्थिक वर्ष सन् २०१८/१९ मा पिक डिमाण्डको ऋणात्मक वृद्धि भएको पनि पुष्टि गर्दछ । यस्तो घट्ना विद्युत् प्रणालीमा बारम्बार हुँदैन । नेपाल विद्युत् प्राधिकरणमा घटेको यो पहिलो ऐतिहासिक घटना हो । 

निष्कर्ष:

आ.व. सन् २०१६/१७, २०१७/१८ र २०१८/१९ मा लोडसेडिङ घट्दै जाँदा अप्रत्यासित रुपमा विद्युत् खपतमा वृद्धि भए पनि विद्युत् प्रणालीमा ग्राहकहरूको घरेलु उपकरणको लोड सिफ्ट हुँदै गयो । इन्भर्टर लोड पनि हट्दै गयो । I2R मा अप्रत्यासित कमी भएको कारण विद्युत् चुहावटमा अप्रत्यासित ऋणात्मक वृद्धि भयो । विद्युत् प्रणालीमा आ.व. सन् २०१८/१९ मा करेन्ट प्रवाहमा अप्रत्यासित कमी आएको कारण पिक डिमाण्डमा पनि अप्रत्यासित कमी आयो ।


 

विद्युत् विधेयकको विरोधमा विद्युत् प्राधिकरणका कर्मचारीहरू [फाेटाेफिचर]

इकागज | असोज २९, २०८०

काठमाडौँ- सरकारले संसदमा दर्ता गराएको विद्युत् विधेयक, २०८० ले नेपाल विद्युत् प्राधिकरणको अस्तित्व न...

माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैंक सकारात्मक

इकागज | असोज २७, २०८०

काठमाडौँ- माथिल्लो अरुण जलविद्युत् आयोजनाका  लागि रु एक  खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण...

लालबन्दीमा तार फेर्न अवरोध, काम गर्न नदिए वीरगञ्जमा लोडसेडिङ हुने

इकागज | असोज २७, २०८०

काठमाडौं- सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने...

लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने

इकागज | असोज २५, २०८०

काठमाडौँ- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लो तटमा निर्माण हुने विभिन्न जलविद्युत् आयोजनाबाट उ...

यसरी पुग्यो विद्युत् प्राधिकरण ३७ अर्ब संचित घाटाबाट अर्बाैंको नाफामा

ई. रामेश्वर यादव | असोज २१, २०८०

नेपाल विद्युत् प्राधिकरणको स्थापना तत्कालीन जलश्रोत मन्त्रालयअन्तर्गत खण्डीकृत अवस्थामा रहेका विद्युत् विभाग, न...