स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा १६ वडाको मतगणना हुँदा चिरीबाबुकै अग्रता, उम्मेदवारविहीन कांग्रेसलाई ६ हजार बढी मत

इकागज | जेठ ७, २०७९

ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाइरहेका छन् । हालसम्म ५१ हजार ५०९ मतगणना हुँदा चिरीबाबुले २६ हजार २३६ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३०७ मत पाएका छन् ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य अगाडि छिन् । उनले १५ हजार १०६ मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १० हजार ५३२ मत पाएका छन् । 

उम्मेदवार नै नरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा ६ हजार ९१५ मत खसेको छ । अहिलेसम्म १६ वटा वडाको मत गनेर सकिएको छ । 

काठमाडौँ महानगर : बालेनले ३३२६० मत ल्याउँदा केशव-सिर्जनाको मतान्तर ११३

इकागज | जेठ ७, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले...

६८२ तहको अन्तिम मत परिणाम सार्वजनिक : एमाले र माओवादीको जोड्‍दा पनि कांग्रेसकै बढी, कसले कति जिते ?

इकागज | जेठ ७, २०७९

काठमाडौँ– स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । ७ सय ५३ पालिका मध्य...

जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतिदेवी कठरिया विजयी

इकागज | जेठ ७, २०७९

कैलाली - नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा जित हासिल गरेको छ । यो उसको यो चौथो...

धनगढीमा हमालको जित निश्चित, १० हजार मत गन्न बाँकी रहदा ११ हजारको अग्रता

इकागज | जेठ ७, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित...