अपराध

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ

इकागज | जेठ १४, २०८१

काठमाडौँ- नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् । 

काठमाडौँ महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्धार गरिएको छ । 

उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रूपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

इकागज | जेठ ९, २०८१

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम...