बैंक-वित्त

सहकारी ठगी प्रकरण:  भरत महर्जनविरुद्ध रेड नोटिस जारी

इकागज | माघ २३, २०८०

काठमाडौं - ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।

उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। 

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दा बढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो। सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ।

त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन्।

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

इकागज | माघ २३, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता...

ग्लोबल बैंकलाई आईएफसीको सात अर्ब ४१ करोड ऋण, कुन क्षेत्रमा गर्दैछ लगानी ?

इकागज | माघ २०, २०८०

काठमाडौँ- विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ म...

कामना सेवा विकास बैंकमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न

इकागज | माघ १३, २०८०

काठमाडौँ- कामना सेवा विकास बैंक लि.ले  साइबर सुरक्षासम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको...

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

इकागज | माघ १२, २०८०

काठमाडौँ- नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परि...

दुई दशकदेखि निरन्तर नाफा कमाउँदै आएको राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा

इकागज | माघ १०, २०८०

काठमाडौँ- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश ...