बैंक-वित्त

कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता

इकागज | साउन २५, २०८०

काठमाडौँ- कुमारी बैंकका ग्राहकहरूले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योगबीच उक्त सम्झौता भएकाे हाे ।

यो सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको म्याट्रेसेस खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले उक्त सहकार्य गरेको हाे ।

आगामी दिनहरूमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइ रहने बताइएकाे छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
 

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ : गभर्नर अधिकारी

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्र...

'चालु आर्थिक वर्षमा रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान'

इकागज | साउन १४, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी व...

नीतिगत दरमा सामान्य लचकता, शेयर बजार र घरजग्गा कारोबारसम्बन्धी नीति यथावत

इकागज | साउन ७, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार आर्थि...

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

इकागज | साउन ७, २०८०

काठमाडौं - नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्र...

बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

इकागज | साउन ४, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउने...