शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

नेपाल र युगाण्डाबीचको दोस्रो खेल आज

काठमाडौँ – नेपाल र युगाण्डाको महिला क्रिकेट टिमबीचको पाँच मध्येको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल आज मंगलबार हुँदैछ । नेपाल र युगाण्डाबीचको दोस्रो खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।  

यस अघि पहिलो खेलमा सोमबार पाहुना टोली युगाण्डाले नेपाललाई १२ रनले पराजित गर्दै सिरिजमा सुखद सुरुवात गरेको थियो । पहिलो जितसँगै युगाण्डाले सिरिजमा १-० को अग्रता समेत बनाएको छ ।

यता पहिलो खेलमा पराजय भोगेको नेपालले आजको खेल जित्दै सिरिजलाई बराबरीमा ल्याउन चाहन्छ । पहिलो खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो ।