सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौँ - सल्यानको शारदा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्। कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६ हजार २ सय १७ मतसहित नगरप्रमुख पद जितेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार मनोजकुमार प्रधान पराजित गरे। प्रधानले ४ हजार ९ सय ३७ मत पाएका थिए।
यस्तै उपमेयरमा कांग्रेस कै उम्मेदवार सुस्मिता सापकोटा सुनार विजयी भएकी छन्। सुनारले ५ हजार ३ सय ८० मत ल्याएकी छन्। सुनारले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेशकुमार गौतमलाई पराजित गरेकी हुन्। गौतमको ४ हजार ५ सय ९५ मत ल्याएका थिए। २३ हजार ९ सय ५८ मतदाता रहेकोमा शारदा नगरपालिकामा १६ हजार ४ सय ६६ मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया