जुम्लाको कनकसुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ- जुम्लाको कनकसुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कनकसुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दामोदरप्रसाद आचार्य र उपाध्यक्षमा प्रेम कली बुढा निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यले २ हजार ८ सय ६ र रावतले २ हजार ५ सय ६२ मत पाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बुढाले माओवादी केन्द्रकी रीता खत्रीलाई पराजित गर्दै विजयी भएकी हुन् । बुढाले २ हजार ३ सय ८० र खत्रीले १ हजार ९ सय ४५ मत प्राप्त गरेका थिए।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया