बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ- सल्यानको कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख-२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ। बसको छतमा पार्टीको झण्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेका थप यात्रुको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भइरहेको छ।