सिन्धुलीको हरिहरपुरगढीको जिम्मा बज्रध्वजलाई

काठमाडौँ- सिन्धुलीमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बज्रध्वज वाइबा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् उनले नेकपा एमालेका मानबहादुर वाइबालाई १ हजार १ सय १३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । विजयी वाइबाले ४ हजार ७ सय २९ मत पाउँदा एमालेका मानबहादुर वाइबाले ३ हजार ६ सय १६ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७ सय ३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला मगरले २ हजार ८ सय ५५ मत प्राप्त गरेकी थिइन्। ८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिका-१मा एमाले, २ मा कांग्रेसले वडाध्यक्षसहित प्यानल जित हात पारेको छ भने बाँकी ३ देखि ८ सम्मका ६ वटा वडाहरूमा माओवादी केन्द्रले अध्यक्ष सहितको प्यानलै विजयी हासिल गरेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया