म्यानमारप्रति नेपाली कांग्रेस : सैनिक कदम अमानवीय र निन्दनीय, आन्दोलनमा एक्यवद्धता

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाएको छ । म्यानमारमा सेनाबाट भइरहेको हिंस्रक दमनको कडा विरोध गर्दै कांग्रेस आइतबार त्यहाँको आन्दोलनप्रति एक्यवद्धता जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय रहेको बताएका छन् । 'जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ', शर्माले भनेका छन् ।
त्यस्तै विज्ञप्तिमा दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुनसमेत नेपाली कांग्रेसले सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया