शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

रूख र पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल फोटो

चितवन - हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।

रूख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

ढलेको पोल उठाउन विद्युत् प्राधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ ।
रासस