बालेनको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवा पक्राउ

खोटाङ – काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।
हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।
बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए । ‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया