कञ्चनपुरको कृष्णपुरमा खसेकोभन्दा बढी मतगणना भएको भन्दै विवाद, गणना स्थगित

काठमाडौं – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मतगणना भएको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विरोध जनाएपछि मत गणना स्थगित भएको छ ।
कृष्णपुर नगरपालिका– ९ को पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो । उक्त नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्प्युटरमा डाटा इन्ट्री गर्दा गल्ती भएकाले त्यस्तो भएको जानकारी दिए ।
एमालेले अधिकृतको खण्डनमा चित्त बुझाएको छैन । उसले जसरी पनि पुनः निर्वाचन गर्नुपर्ने अडान राखेको छ ।
तर, निर्वाचन अधिकृत बुढाले भने खसेको भन्दा बढी मत नभेटिएको र रेकर्ड राख्दा त्रुटी भएको भन्दै मतगणना सुचारु हुने बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले ५ सय २९, नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन् । यस्तै वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार एमाले भन्दा ३ सय २४ मतले अगाडी देखिएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया