गाउँपालिकामा आफैँलाई मत नहाल्ने दुई अनाैठा उम्मेदवार !

काठमाडौं–नवलपरासीको बौदीकाली गाउँपालिकामा अध्यक्षका दुई उम्मेदवारले आफैँले आफूलाई भोट नहालेको पाइएको छ । स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका मधुकर नेपाली र कृष्ण प्रसाद नेपालीले एक मत पनि पाएनन् ।
दुवैले आफैँलाई पनि भोट हालेनन् भने परिवारका सदस्यले पनि उनीहरुलाई भोट दिने कष्ट गरेनन् । सोमबार सकिएको मतगणनामा उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले ३ हजार ९ सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५ सय ४१ मत पाएका छन् ।
अधिकांश समयमा उम्मेदवारलाई अरुले भोट नहाने पनि आफैँलाई भने छुटाउँदैनन् । तर, बौदीकाली गाउँपालिका अध्यक्षका दाबेदार अपवाद बनेका छन् ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया