प्रधानमन्त्री-सभामुख २ घण्टा भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संसद् अधिवेशन अन्त्य गर्ने संकेत गरेका प्रधानमन्त्रीसँग सभामुखको भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटार गएका हुन् । ‘बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सभामुख जानु भएको हो । संसद्लाई प्रभावकारीका साथ अघि बढाउने विषयमा छलफल भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
यस अघि चैत ९ गते सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटका लागि आफूले समय मागेको बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न पुगेका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाको भेट भएको थियो ।
प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको कदमलाई सभामुख सापकोटाले विरोध गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो । प्रधानमन्त्री र सभामुखबीच गएको भदौ यता औपचारिक भेटवार्ता भएको थिएन ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद् बैठक अघि बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न आग्रह गरेपछि सापकोटाले भेट गरेका हुन् । उनीहरुबीच २ घण्टा छलफल भएको बताइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया