हेटौंडामा मतान्तर बढाउँदै समाजवादी, एमाले तेस्रोमा

मकवानपुर - स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामाले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् । बिहान १ मतको अन्तरमा रहेकी लामाले अहिले १९० मत अन्तर बनाएकी छिन् ।
हेटौंडाको १३ हजार ४९५ मत गन्दा लामाले ४ हजार १३५ मत प्राप्त गरेकी छन् । केही मय अघिसम्म पहिलो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंह दोश्रो स्थानमा झरेका छन् ।
उनले ३ हजार ९४५ मत प्राप्त गर्दा एमालेका अनन्तप्रसाद पौडेलले ३ हजार ५५२ मत प्राप्त गरेका छन् । हेटौँडामा हालसम्म वडा नम्बर १ र १९ को मतगणना सकिएको छ ।
जसमा वडा नंबर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने तथा वडा नम्बर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । हाल वडा नम्बर २, ३, ४, १७ को मतगणना जारी छ । वडा ४ को मत गन्दै गर्दा वडामा भने एमालेका पौडेलले अग्रता लिएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया