अवैधानिकरूपमा ओसार्न लागिएको १३३ गाई-गोरु अलपत्र

मकवानपुर - रूपन्देहीबाट झापा लैजादै गरेको कागज बनाएर ल्याइएको गाईगोरू हेटौडामा अलपत्र परेका छन् । खरिद बिलमा उल्लेख गरिएको र फिल्डमा देखिएको गाई गोरुको संख्या नमिलेपछि हेटौंडामा जिल्ला प्रशासन र प्रहरीले गाई गोरु बरामद गरेको थियो । पशु स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनको रोहबरमा बरामद गरिएको गाई गोरु अहिले अलपत्र परेका हुन् ।
गाई र गोरुको संख्या नछुट्याइ बिलमा जम्मा ११७ वटा उल्लेख गरेर ल्याइदै गरेको तर वास्तममा गोरू ६४ गाई ६९ गरी १३३ वटा जनावर रहेको छ ।
जसका ३ वटा गाई गम्भिर बिरामी रहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको प्रमुख ब्रज किशोर ठाकुरले जनावर सहित ४ वटा ट्रक बरामद गरेको बताए ।
झापा भनेर बंगलादेश पुर्याइ मासुको प्रयोजनमा बिक्रि गर्न लागिएको आशंकामा गाईहरू बरामद गरिएको विज्ञ केन्द्रका प्रमुख ठाकुरले बताए । उनका अनुसार हेटौंडालाई ट्राञ्जिट प्वाइन्टको रुपमा लिएर बर्षौदेखि गाईहरु तस्कार हुने गरेका छन् । जनवारसँगै तस्कार गर्न प्रयोग गरिएको लु २ ख ७५५, लु २ ख ६०४, लु २ ख ५९३ र लु २ ख ७५७ ट्रकहरू पनि प्रशासनले बरामद गरेको छ ।
“बिलमा उपलब्ध नम्बरमा सम्पर्क गर्दा नक्कली हो भन्ने पत्ता जानकारी आएको छ, तर आधिकारी भेरीफाइ गर्न बाँकी छ” मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने ।
रुपन्देही देखि मकवानपुरको हेटौंडा रहेका दर्जनौ प्रहरी कार्यालय पासगर्दै अवैध जनवार बोकेको गाडी कसरी यहाँ आइपुगे, प्रहरीमाथि पनि शंका छ । यसबारे विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया