सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

झापाको कचनकवलमा कांग्रेस कालेन्द्र दोब्बर मतले अगाडि

काठमाडौं–झापाको कचनकवल गाउँपालिकाको मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलम भन्दा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी दोब्बर मतले अगाडि छन् ।

हालसम्मको मत गणनामा मेयर पदका उम्मेदवार कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशीले ३ हजार ९ सय १८ मत ल्याउँदा राप्रपाका अन्जार आलमले १ हजार ९ सय ५१ मत मात्रै ल्याएका छन् ।

 
यस्तै उपमेयर पदमा भने एमालेका नवराज भट्टराईले २ हजर ४ सय २ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रोमा राप्रपाकी निमसरी राजवंशी छिन् । उनले २ हजार २ सय १८ मत ल्याएकी छिन् ।