एमालेको विजय जुलुसमा जाने यात्रु लिन जाँदै गरेको माइक्रो बस दुर्घटना, तीन जनाको मृत्यु

कैलाली - विजयी जुलुसमा सहभागी गराउने यात्रु लिन जाँदै गरेको माइक्रो बस(हायस) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा आज बिहान ९:३० बजेतिर से. १ ज २७७ नम्बरको हायस दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले एमालेको विजयी जुलुसमा कार्यकर्ता लिन दार्चुलाको गोकुलेश्वरबाट ग्वानीतर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको बताए ।
उनले दुर्घटना चालक प्रकाश धामी (२२), सहचालक नवीन सिंह धामी (२२) र स्थानीय १९ बर्षका हरि सिंह धामीको घटनास्थलमै मृत्यु भएको बताए । हायस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया