भक्तपुरमा प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरसहित जित नजिक सुनिल प्रजापति

काठमाडौँ- भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय ६० मत प्राप्त गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुला ३ हजार १ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छन् भने एमालेका रवीन्द्र लाछिमस्यु २ हजार ६ सय ६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी उपमेयर उम्मेदवार रजनी जोशी २८ हजार १ सय १० मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी रञ्जना खर्बुजा २ हजार ७ सय २४ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्य १ हजार ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया