आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

पोखरा महानगरपालिकाको यस्तो छ पछिल्लो अपडेट

पोखरा- पोखरा महानगरपालिका हालसम्म ९९९३ मत गणना भएको छ । मेयरमा नेकपा समाजवादी पार्टीका धनराज आचार्यले अग्रता लिएका छन् ।

हालसम्म आचार्यले ४०४१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका कृष्ण थापाले ३६५७ मत ल्याएका छन् ।

राप्रपाका शंकर खरालले ५०० मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मन्जु गुरुङले ४१५१ ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् भने राप्रपाकी रञ्जना शेनले ४६६ मत ल्याएकी छन् । हाल मत गणना जारी छ ।