मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजLनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नाे गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धL हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनामा दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् । अर्घाखाँचीमा यश पटक काँग्रेसले विगतमा जितेका पालिका पनि गुमाउने अवस्था आएको छ । पाणिनी कांग्रेसले हारेको छ भने सन्धिखर्क पनि हार्ने अवस्थामा पुगेको छ ।