विराटनगर - १९ मा एमालेकाे प्यानलै निर्वाचित

विराटनगर– विराटनगर महानगरपालिकाको वडा नम्बर १९ मा नेकपा एमालेका वडाध्यक्षसहित प्यानलै निर्वाचित भएका छन् । सोमबार विहान ५ बजे सम्पन्न महानगरको मतगणनाको परिणाम अनुसार वडा नम्बर १९ मा वडाध्यक्षमा एमालेका श्याम घिमिरे निर्वाचित भएका हुन् ।
वडा नम्बर १९ को मतपरिणामसँगै महानगरमा एमालेले जितको खाता खोलेको हो । घिमिरले नेपाली कांग्रेसका उदय राजवंशीलाई ८८ मतले पराजित गरेका हुन् ।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारसँग २१ मतले पराजित भएका घिमिरेले यसपटक ९८७ मत प्राप्त गरी विजयी भएका हुन् । कांग्रेसका राजवंशीले ८९९ मत प्राप्त गरेका छन् ।
वडा सदस्यहरुमा एमालेकै निज नारायण राजवंशी, लक्ष्मण सरदार, महिला सदस्यमा लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुस्बु विश्वकर्मा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा मत परिणाम घोषणा गर्न बाँकी छ ।
विराटनगर महानगरपालिकाको १, २, १६, १७, १८ र १९ को मतगणना शनिबार विहान १० बजेदेखि सुरु भएको थियो । १९ को गणना सकिएपनि अन्य वडाहरुको भने गणना जारी नै रहेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया