पार्टीलाई चुनाव जिताउन नसकेपछि जिल्ला नेताले दिए राजीनामा

सिन्धुपाल्चोक– आफ्नै वडामा चुनाव जिताउन नसकेपछि सिन्धुपाल्चोकका एक जिल्ला नेताले पदबाट राजीनामा दिएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नसकेपछि राप्रपाका जिल्ला सदस्य दीपक थापाले राजीनामा दिएका हुन् ।
उनको वडामा अघिल्लो निर्वाचनमा राप्रपाले अत्याधिक मतले प्यानलै जितेको थियो । २०७४ को निर्वाचनमा सिंगो नगरपालिकामा राप्रपाले जितेको उनकै वडा मात्रै हो । राप्रपाको गढ मानिने सो वडा यसपटक एमालेले जितेको हो ।
यसअघि राप्रपाका जिल्ला सहसचिव रहेका थापा गएको अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए । राप्रपाको विद्यार्थी संगठनका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापाले जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
‘आफ्नै वडामा पनि अनपेक्षित नतिजा आएकाले म लगायत अन्य कार्यकर्ताकाे कमजोरी हो,’ राजीनामा दिनुको कारण खुलाउँदै थापाले भने, ‘पार्टीले व्यहोर्नुपरेको हारप्रति गम्भीर हुँदै पदमा बस्न उचित लागेन ।’
उनले आजैको मितिबाट पद तथा जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया