मतगणना द्रुत गर्न हेटाैंडामा गणनास्थल थपियो

मकवानपुर - मतगणना साह्रै सुस्त भएको व्यापक गुनासोलाई सम्बोधन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले गणना स्थल थपेको छ । मकवानपुर जिल्लाको ८ वटा गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।
सबैभन्दा बढी मतदाता भएको हेटौंडा उपमहानगरपालिकाको मत परिणाम साह्रै सुस्त भएको गुनासोपछि गणना स्थल थपिएको हो । यसअघि ४ स्थानबाट ४ वटा वडाको गणना भइरहेकोमा अब थप ४ वटा गणनास्थल थपिएको छ ।
शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गरिएकोमा आइतबार साँझ बल्ल एउटा वडाको गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा नै थप चार वटा मतदान स्थल थपिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी बताए । छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले चार वटा मतगणना स्थल थपिएको उनले बताए । आज रातीदेखि नै थप ४ स्थानबाटै मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा छन् । हालसम्म वडा एकको गणना सकिएको छ । वडा २, १८ र १९ गन्ने क्रम जारी छ । यसैबीच मतपरिणममा दलका प्रतिनिधिहरू बिच तथ्यांक नमिल्ने र दोहोर्याएर मत गर्नुपर्ने झन्झट पटक पटक भएपछि मत परिणामलाई ह्वाइट बोर्ड मार्फत डिप्ले गर्न सुरू गरिएको छ । यसो गर्दा तथ्यांक नमिल्दा तत्कालै रूजु हुने र सकिएपछि सबै मत दोहोर्याएर गन्नु पर्दाको समय बचेको श्रेष्ठले बताए ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया