सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

महाेत्तरीकाे साेनमा -१ मा जसपाका यादव विजयी

महाेत्तरी- महाेत्तरीकाे साेनमा गाउँपालिका १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा जसपाकाे अशोककुमार यादव ६३९ मत ल्याएर विजयी भएका हुन्। उनी जसपा नेपालबाट प्यानलसहित विजयी भएका हुन्।

अशाेककुमार यादव दाेस्राे पटक वडा नम्बर १ मा वडा अध्यक्षमा जितेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजा राम साहले ५५५ मत मात्र ल्याए।