सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

धुनिबेंसीमा समाजवादीका आचार्यको फराकिलो अग्रता

काठमाडौँ- धादिङको धुनीबेंसी नगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका वालकृष्ण आचार्य अग्रता लिएका छन्। आचार्यले ७७७ मतले अगाडि देखिएको हुन्।  आचार्यले १९ सय ९० मत ल्याउँदा नेकपा एमालेका रामराजा पाण्डेले १२ सय १३ मत ल्याएका हुन्। 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेतीले ६७२ मत ल्याउँदा एमालेकी मन्दिरा श्रेष्ठले ५२९ मत मात्रै ल्याएकी छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका आचार्य यसअघि पनि एमालेबाट निर्वाचित भएका थिए ।