हेटौंडा उपमहानगरमा कडा टक्कर

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।
आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया