सुन्दरीजलमा विद्युत् आपूर्ति अवरुद्धले मेलम्ची पानी प्रशोधन हुन सकेन
आज अपरान्हसम्म धारामा वितरण हुने

काठमाडौं : विद्युत् प्राधिकरणले हिजो शनिबार रातिदेखि यो समाचार तयार पारुञ्जेलसम्म सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रमा विद्युत् आपूर्ति गर्न नसक्दा मेलम्चीको पानी वितरण तालिका प्रभावित भएको छ ।
आज बिहान ८ बजेदेखि सर्वसाधारणको घरमा मेलम्चीको पानी वितरण गर्ने तालिका थियो । तर विद्युत् आपूर्ति नभएकाले पानी प्रशोधन हुन नसकेको खानेपानी सचिव माधव बेलबासेले बताए ।
उनका अनुसार विद्युत् चालू हुनेबित्तिकै प्रशोधन कार्य सुरु हुने र आज अपरान्हसम्ममा महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) पानी ट्यांकीबाट मेलम्चीको पानी वितरण हुनेछ ।
मन्त्रालयले चैत १५ देखि मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउन सुरु गर्ने सबै तयारी पूरा गरिसके पनि हिजो रातभर जम्मा भएको पानी प्रशोधन हुन नसक्दा पानी वितरण तालिका प्रभावित हुन गएको हो । यतिखेर प्राधिकरण कर्मचारीहरु विद्युत् आपूर्ति गराउन लागिपरेको जानकारी पनि सचिव बेलबासले दिए ।
महांकाल र अनामनगरको ओभरहेड ट्यांकीमा चार करोड लिटर पानी हिजो शनिबार नै जम्मा गरेर आज आइतबारदेखि वितरण गर्ने पूर्व तालिका थियो । ‘तर जे जस्ता प्राविधिक समस्या आइपरे पनि आजै हामी महांकाल क्षेत्र अन्तर्गतका जनतालाई पानी खुवाउँछौं,’ सचिव बेलबासेले आइतबार इकागजसँग भने ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया