स्थानीय तह निर्वाचन परिणामले कांग्रेसमा बढी अराजकता देखियो: गजुरेल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ ।
गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।
‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन । बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’
कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार शाहले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य स्थानीय तहमा पनि छ ।
परिणाम सोचे जस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए । तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय भने जित्ने उनको दाबी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया