भरतपुरमा कति मतले अघि छिन् रेणु ?

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ७० मतले अग्रता लिएकी छिन् । उनले मतगणना जारी रहँदा १ हजार ६ सय ११ मत प्राप्त गरेकी छिन् ।
चार हजार ४ सय २३ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ६ सय ११ मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म ११ सय ४६ मत गणना भइसकेको छ ।
अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

प्रतिक्रिया