आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

धनुषामा कांग्रेसका ७ र एमालेका ४ वडाध्यक्ष विजयी

जनकपुरधाम - धनुषा जिल्लाकाे ७ वडामा कांग्रेस र एमाले ३ वडामा जित हात पारेकाे छ । प्राप्त जानकारीअनुसार जनकपुरधाम उपमहानगरपालिका १ र २ मा कांग्रेस जितेकाे छ ।

वडा नम्बर १ को वडाध्यक्षमा दीपनारायण यादवले एक हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका छन्। वडा नम्बर २ मा पनि कांग्रेसकै शिवकुमा साह विजयी भएका छन् । मिथिला नगरपालिका १ को वडाध्यक्षमा जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन ।

सबैला नगरपालिका १ मिथिलेश साह निर्वाचित भएका छन् । त्यस्तै शहीदनगर नगरपालिका १ मा तेजीलाल यादव, बटेश्वर गाउँपालिका १ मा ५ सय ५२ मत ल्याई अशाेक महताे, क्षिरेश्वरनाथ नगरपालिका ७ मा माेबारक कवाडी विजयी भएका छन् ।

त्यस्तै एमालेले लक्ष्मीनिया गाउँपालिकाकाे वडा नम्बर १ र २ तथा विदेह नगरपालिकाकाे वडा नम्बर १ र २ मा जित हात पारेकाे छ । लक्ष्मिनिया गाउँपालिका १ काे वडाध्यक्षमा दिलिप यादव र २ मा लालजी साह विजयी भएकाे छ भने विदेह १ मा ३७२ मत ल्याई संजय साह र २ मा ३८४ मत ल्याई रामपुकार सहनी विजयी भएकाे जनाइएकाे छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र माओवादी १/१ वटा जितेकाे छ । जनकनन्दनी गाउँपालिका १ मा समाजवादीका सन्ताेष गाेइत ४१२ मत ल्याई विजयी भएकाे छ भने कमला नगरपालिका १ मा माओवादीका सर्वदेव यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापडी विजयी भएकाे छ ।