होली खेल्दा स्वास्थ्यको पनि ध्यान दिने कि !

होली रङसँग जोडिएका चाड हो । र, रङ स्वास्थ्यसँग जोडिएको विषय हो । होलीमा हामीले विभिन्न प्रकारका रङहरूको प्रयोग गर्छौ । ति रङमा अनेक केमिकल मिसिएका हुन्छन् । केमिकलले रङलाई टल्काउने, चम्काउने काम गर्छ । रङ जति गाढा र टल्किने खालको हुन्छ उति नै त्यसले छालामा हानी पुर्याउँछ ।
हरियो रङमा ‘कपर सल्फेट’, सिल्भरमा ‘एल्युनियम ब्रोमाइड’, रातोमा ‘मर्करी सल्फाइड’ कालोमा ‘लिड अक्साइड’ जस्ता केमिकल हुन्छन् । यि केमिकलले छालामा मात्रै नभएर स्वास्थ्यमा समेत हानी गर्छ ।
यसले विशेषगरी छाला, कपाल, नङ र आँखामा असर पुर्याउँछ । छाला रातो हुने, चिलाउने स-सानो पानीको फोका आउने हुन्छ । आँखा रातो हुने, सुन्निने हुन्छ । कपालको जरामा पनि इन्फेक्सन भएर पिप भरिने, चिलाउने हुन्छ । त्यसैले, हामीले सकेसम्म प्राकृतिक रङहरूको प्रयोग गर्नुपर्छ । बजारमा अहिले केमिकल नमिसाइएका रङहरू पनि पाइन्छन् ।
होली खेल्दा कपाल र छाला सुख्खा हुने भएकाले म्वइस्चराइजर वा तेल दलेर मात्र खेल्नुपर्छ । त्यसले छालामा रङलाई प्रत्यक्ष सम्पर्क हुन दिँदैन । यसरी होली खेल्दा रङ पखाल्न पनि सजिलो हुन्छ । सावधानी अपनाएर खेल्दा पनि एलर्जी भयो भने तुरुन्तै पानीले पखालिहाल्नु पर्छ । छालामा रङ जति छिटो पखाल्यो, एलर्जी उति कम हुन्छ । लामो समयसम्म छालामा रङ राख्दा त्यसले छालाको क्यान्सरसमेत निम्त्याउने विभिन्न अध्ययनले देखाएका छन् । मृगौला, कलेजोलाई समेत असर गर्ने गरेको पाइएको छ ।
रङ पखाल्दा वा धुदा धेरै कडा खालका स्याम्पू वा साबुनको प्रयोग गर्नुहुँदैन । त्यो रङ आज नगए भोलि जाला तर, एकैदिन मेट्ने भनेर घोटी–घोटी माड्दा छालामा असर गर्छ । पहिलाका वर्षहरूमा एलर्जी भएकाहरू यस वर्ष रङसँग होली खेल्नुहुँदैन । एलर्जी हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ । त्यस्तै, छालासम्बन्धि रोग भएकाहरू पनि सजग हुनुपर्छ । छाला रोग हुनेहरूलाई रङको कन्ट्याक्टले झनै एलर्जी गराउँछ ।
गर्भवती महिलाले पनि होलीमा विशेष ध्यान पुर्याउनुपर्छ । केमिकलयुक्त रङले छालाबाट भित्र गएर बच्चालाई असर गर्छ । उनीहरूले सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । घरमै पाइने बेसारलाई पनि रङ बनाएर खेल्न सकिन्छ ।
त्यस्तै, यो पर्वमा बच्चाहरूको विशेष ख्याल राख्नुपर्छ । उनीहरूको छाला पातलो हुने भएकाले केमिकल भएका रङहरू छुन दिनु हुँदैन । प्राकृतिक रङसँग खेल्दा पनि लामो समयसम्म राखिदिनु हुँदैन । सकेसम्म चाँडै पखालिदिनुपर्छ ।
कोभिडको महामारी बढिरहेको छ । दोस्रो लहर आएको हुनाले नेपालमा संक्रमितहरू बढिरहेका छन् । यस्तो अवस्थामा भिडभाड नगरी मास्क लगाएर र सामाजिक दूरी कायम गरेर होली खेल्नुपर्छ ।
(वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविनासँग कुराकानीमा आधारित)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया