सुदूरपश्चिममा ओली समूहभित्रै विवाद, युवा संघको भेलामा प्रदेश अध्यक्षलाई निषेध

धनगढी : सुदूरपश्चिममा नेकपा एमाले ओली समूहभित्रै विवाद देखिएको छ । राष्ट्रिय युवा संघ कैलालीको जिल्ला भेलामा प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएपछि एमालेको ओली समूहमा रहेको विवाद सतहमा आएको हो । केपी शर्मा ओली समूह भित्रकै गुटका कारण धनगढीमै भएका अध्यक्ष थापालाई भेलामा निषेध गरिएको स्रोतले बतायो ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत र अध्यक्ष बचन बहादुर सिंहका कारण अध्यक्ष थापालाई कार्यक्रममा निषेध गरिएको युवा संघका एक नेताले बताए ।
संघीय मन्त्रीदेखि सासंदसम्म सहभागी रहेको जिल्ला भेलामा सुदूपश्चिमका अध्यक्ष थापा सहभागी नभएपछि कार्यकर्ता समेत आश्चर्यमा परेका थिए । भेलामा उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको पनि सहभागिता थियो ।
यसबारेमा नेता थापासँग बुझ्न खोज्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । भेलामा ओली समूहकै कार्यकर्ताबीच विवाद बढेपछि हात हालाहाल समेत भएको युवा संघका एक नेताको दाबी छ ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया