शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा चल्यो गोली

रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा गोली चलेकाे छ । टोकरपुरस्थित थामचौरमा मतगणना स्थलमा गोली चलेको हाे ।

मतगणना गर्ने क्रममा राजनीतिक दलहरुबीच तनाब भएपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको उनले बताए छ । 

चार सय मत गणना गर्दा पालिकामा नेकपा एमालेका मेयर उम्मेदवार टंक चौलागाईले २२१ प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार मैन कुमार मोक्तानले १५० मत प्राप्त गरेका छन् ।