निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुग्यो

काठमाडौँ - यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छवटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो ।
तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आङ्कलन गर्न भनिएको बताए ।
कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ । रासस

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_DfK7bvWc3D_rqfphjsg9y5apbkejrksg8vdlmkguu68xouffwksywaxpkwe6y943ayswtkd.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

प्रतिक्रिया