आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

हिंसामुक्त समाज भन्‍ने नाराका साथ शिवपुरीमा पैदलयात्रा

काठमाडौँ : भारतीय राजदुतावासको आयोजनामा शिवपुरी राष्ट्रिय निकुञ्जमा पैदलयात्रा गरिएको छ । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज भन्ने नाराका शिवपुरीमा पैदलयात्रा गरिएको हो ।

पैदलयात्रापछि नागार्जुनमा गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राकी पत्नी पुजा क्वात्रा, पद्मश्री अवार्डबाट सम्मानित माइती नेपालकी प्रमुख अनुराधा कोईराला लगायतका महिलाहरुको सहभागिता थियो । 

क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत पाँच र विद्यालय तहमा अध्ययनरत दश जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरेकी थिइन् । 

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइनेछ ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । महोत्सवको समापन आगामी १५ अगस्ट २०२३ मा हुनेछ ।