युगाण्डा विरुद्धको सिरिजका लागि क्रिकेट टोलीको टुंगो

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले युगाण्डाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली महिला क्रिकेट टिमको अन्तिम टोली घोषणा गरेको छ । क्यानले शनिबार रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाल र युगाण्डाबीचको ५ खेलको सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मे १६ तारिखबाट हुनेछ । सिरिज अन्तर्गत नेपालले र युगाण्डाबीचको पहिलो खेल मे १६, दोस्रो खेल मे १७, तेस्रो खेल मे १९, चौंथो खेल मे २० र पाँचौ खेल मे २१ मा हुने छ ।
यता प्रारम्भिक चरणमा छनोट भएका करुणा भण्डारी, सरस्वती चौधरी, ममता चौधरी, सुमन खतिवडा, इश्वरी विष्ट र ऋतु कनोजिया भने बाहिरिएकी छन् ।
नेपाली टोलीः रुविना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अश्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता राना मगर, हिरणमायी रोय र बिन्दु रावल रहेका छन् ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया