बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

अफगानिस्तानमा विद्रोहीको आक्रमणमा परी १० प्रहरीको मृत्यु

फाइल तस्बिर

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको एक स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । ती अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका बताए ।

अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो । घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ ।  उक्त आक्रमणमा प्रहरी तथा तालिवान लडाकू दुबैतर्फ केही व्यक्ति घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

यसैबीच हेलमन्ड प्र्रान्तका सरकार प्रमुख ओमार जावाकले पनि आक्रमणको घटनालाई पुष्टि गरेका छन् । आक्रमणपछि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।